Sunday, September 27, 2026
Home पत्रपत्रिका प्रविधिनै हतियार

प्रविधिनै हतियार

208

नागरिक दैनिक
असोज १२, काठमाडौं । बत्तीसपुतलीस्थित होली डे टुर्स एन्ड ट्रेन्डिङ सञ्चालन गर्ने रमेशप्रसाद ओझाको व्यक्तिगत इमेल प्रयोग गरी दुई वर्षअघि अस्टे«लियाली नागरिक पेमला जानी स्कोटले नेपाल भ्रमणका लागि पाँच सय अस्टे«लियन डलर पठाए। अपरिचित व्यक्तिले उनको इमेल ह्याक गरी प्रभु बैंकमा रकम पठाउन लगायो। त्यसपछि सिस्टम ह्याक गरेर उक्त रकम ठगी ग(यो। इमेल ह्याक गरी ठगी गर्ने व्यक्ति थिए, नाइजेरियाका डोग्लास अमोवी ओको इजवे र जुलिअस फेस्टस चिजेक्व। प्रहरी अनुसन्धानपछि उक्त रकम नेपाल भ्रमणमा रहेका नाइजेरियन व्यक्तिले नै गेस्ट हाउसलाई तिर्न ह्याक गरेर पैसा चोरी गरेको खुल्यो।