असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिने

188

असोज १०,
काठमाडौं । असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिने भएको छ । शुक्रबार खानेपानी मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेर खुला दिसा मुक्त नेपाल घोषणा गर्ने जानकारी दिइएको हो । असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने मन्त्रालयले जानकारी गराएको छ । २०६८ सालदेखि सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त जिल्ला घोषणा थालिएको थियो । हालसम्म कुल ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय बनेको आँकडा छ । ७७ जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको मन्त्रालयले जनाएको छ ।