सुनको मूल्य फेरि बढ्यो

170

असोज ७,
काठमाडौं । नेपाली बजारमा सुन तोलामा १ रुपैयाँले बढेको छ।सोमबार सुन तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ सय रुपैयाँले बढेर ७१ हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। असोज १ गते तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन २ गते ६ सयले घटेर ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। ३ गते फेरि ३ सयले बढेर तोलाको ७१ हजार रुपैयाँमा कारबार भयो।फेरि ५ गते ३ सयले बढेर ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन ६ गते भने स्थिर रह्यो।

यस्तै चाँदीको मूल्य पनि घट्ने र बढ्ने क्रममा छ।६ गते चाँदी तोलाको ८८५ रुपैयाँमा कारोबार भएको थियो।आज अर्थात् असोज ७ गते चाँदीको मूल्य स्थिर छ।