नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच सहयोग सम्झौतामा हस्ताक्षर

48

असोज ७,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र उनका चिनियाँ समकक्षी सोङ ताओले मंगलवार हस्ताक्षर गरेका हुन् ।

राजधानी काठमाडौंस्थित एक होटलमा भएको उक्त कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुको समेत उपस्थिति थियो । विदेश विभाग प्रमुख ताओको नेतृत्वमा सीपीसीको टोली सोमवार नेपाल आएको थियो । दुवै देशका प्रमुख कम्युनिस्ट पार्टी सहभागी दुईदिने अन्तरक्रिया राजधानीमा जारी छ ।