Friday, November 27, 2026
Home समाचार नेकपाको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख आज नेपाल आउँदै

नेकपाको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख आज नेपाल आउँदै

142

असोज ६,
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ नेपाल आउने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विदेश विभागको निमन्त्रणामा उनी नेपाल आउन लगेका हुन् । चिनियाँ राष्ट्रपति सि चिन फिङको नेपाल भ्रमणको तयारीका लागि उनी नेपाल आउन लागेका हुन् ।

तीन दिने भ्रमणका क्रममा ताओ आज नै काठमाडौं आइपुग्ने नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनी थाइल्यान्डबाट आज दिउँसो १२ः२५ मा त्रिभुवन विमानस्थल ओर्लने कार्यक्रम रहेको छ । सोङले नेपालमा रहदाँ राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका शीर्ष नेतालगायतसँग भेटवार्ता गर्ने छन् ।