Thursday, October 8, 2026
Home समाचार एक किसानको चट्याङ लागेर मृत्यु

एक किसानको चट्याङ लागेर मृत्यु

64

असोज ५,
वीरगन्ज। खेतमा काम गर्न गएको बेला चट्याङ लागेर पर्साको बहादुरमाई नगरपालिका–२ बैरियाका ३५ वर्षी माधव रामको मृत्यु भएको हो । पानी परेको बेला खेतमा काम गर्न निस्किएका राम चट्याङ लागेर गम्भीर घाइते भएका थिए ।

स्थानीयहरुले उद्दार गरी उपचारका लागि वीरगन्जस्थित वीरगन्ज हेल्थ केयरमा पठाएकोमा उपचारकै क्रममा रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मृतक रामको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगन्जमा पठाइएको प्रहरीले जनाएको छ ।