Friday, September 18, 2026
Home पत्रपत्रिका ५ अर्ब २६ करोडमा ससद्को आफ्नै भवन

५ अर्ब २६ करोडमा ससद्को आफ्नै भवन

134

नेपाल समाचारपत्र
असोज १, काठमाडौं । सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्र स्थित पुतली बगैंचामा संसद् भवन बन्न लागेको हो।
१५ वर्षअघि नै संसद्को भवन निर्माणको योजना अगाडि सारे पनि हाल आएर मात्र निर्माणको काम अगाडि बढेको हो। शहरी विकास तथा भवन निर्माण विभागले अन्तर्राष्ट्रिय मापदण्डअनुसार भवनको डिजाइन गरेको छ। आधुनिक र प्रविधिमैत्री संसद् भवन १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा फैलिनेछ। ५ अर्ब २६ करोडमा निर्माण हुन लागेको संघीय संसद् भवन निर्माण भएपछि संसदीय समिति, संसदीय दलको कार्यालय, संसद् सचिवालय एउटै भवनबाट सञ्चालन हुनेछ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले तीन वर्षभित्र संघीय संसद् भवन निर्माणको काम सम्पन्न गर्ने गरी काम अगाडि बढाइने बताउनुभयो।उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘समयभित्र नै भवन सम्पन्न गर्ने अथक प्रयास हुनेछ, सबैबाट साथ र सहयोगको अपेक्षा गरेका छौं।’ उहाँले अन्तर्राष्ट्रिय मापदण्डअनुसार ठूलो लगानीमा संसद् भवन निर्माण हुन लागेको बताउनुभयो। संसद् भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालयरसंग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेसरछपाइ भवन र ७ सयवटा सवारीसाधन पार्किङ तथा सुरक्षाकर्मीको भवन रहनेछ।