नागरिक दैनिक
भदौं ३०, काठमाडौं । मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालयअन्तर्गत नियुक्त सल्लाहकारलाई सवारीसाधन (गाडी) उपलब्ध गराउन कुनै कानुनी व्यवस्था छैन। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीका स्वकीय सचिव र अवैतनिक सल्लाहकारलाई पहुँच र प्रभावका भरमा चालकसहित सरकारी सवारीसाधन उपलब्ध गराइएको छ। स्वास्थ्य मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मले रजाइँ गरिरहेका छन्।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको सचिवालयका लागि नौवटा सवारीसाधनको व्यवस्थापन गरिएको नागरिकलाई प्राप्त विवरणमा देखिन्छ। ती सवारीसाधन मन्त्रालय र स्वास्थ्य सेवा विभागको स्वामित्वमा छन्। मन्त्री यादवका स्वकीय उपसचिव महेश चौरसियादेखि सचिवालयमा कार्यरत सिनियर अहेव कृष्णलाल यादवसम्मले प्रभाव र दबाबमा विभागबाट सवारी साधन मगाएर रजाइँ गरिरहेको पाइएको छ।
मन्त्री यादवका स्वकीय सचिव चौरसियाले सवारीचालक शिवराम कार्कीसहित विभागको स्वामित्वमा रहेको बा२झ ३७९७ नम्बरको मित्सुविसीको पजेरो प्रयोग गरिरहेका छन्। मन्त्री यादवकै अर्का स्वकीय सचिव डा। अमरेन्द्र यादवले मन्त्रालयको स्वामित्वमा रहेको बा२झ ४३३९ नम्बरको फोर्डको रेन्जर गाडी प्रयोग गरेका छन्। अमरेन्द्र मन्त्री यादवका छोरा हुन्।
मन्त्रीका स्वकिय सचिव र अवैतानिक सल्लाहकारले पहुँच र प्रभावका भरमा गैरकानुनी रुपमा सरकार िगाडी प्रयोग गरेका छन्।
सरकारले बनाएको सवारीसाधन ९सञ्चालन तथा मर्मत० सम्बन्धी निर्देशिका, २०७२ मा विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले मात्र सवारीसाधनको सुविधा पाउने उल्लेख छ। तर मन्त्री यादवका निजी सचिव ९नेपाल सरकारका उपसचिव० भवनाथ खतिवडाले मन्त्रालयका चालक सुरेन्द्र महतोसहित मन्त्रालयकै स्वामित्वमा रहेको बा१झ ८२५१ नम्बरको टोयोटा प्राडो प्रयोग गरिरहेका छन्।
मन्त्री यादवकै सचिवालयमा कार्यरत सिनियर अहेव कृष्णलालले समेत विभागको स्वामित्वमा रहेको बा२झ २५०८ नम्बरको फोर्ड कार प्रयोग गरिरहेको पाइएको छ। मन्त्री यादवका स्वकीय सचिवहरूले मात्र सरकारी सवारीसाधन दुरूपयोग गरिरहेका छैनन्। सचिवालयअन्तर्गत नियुक्त सल्लाहकारले समेत चालक र इन्धनसहित सवारी साधनमा रजाइँ गरिरहेका छन्। त्यस्तै प्रेस सल्लाहकार भक्त थापालाई मन्त्रालयले सवारीचालक घनश्याम गजुरेलसहित बा१झ ८५१७ नम्बरको सुजुकी ग्रान्ड भिटारा गाडी दिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्दप्रसाद्र क्षेष्ठ भने मन्त्रालयमा को–कसले गाडी चढ्छन् त्यो विषय आफूलाई जानकारी नहुने बताउँछन्। ‘गाडी व्यवस्थापन आन्तरिक व्यवस्थापन शाखाले गर्छ। त्यो हेर्नेले कसलाई गाडी दियो मलाई जानकारी हुने विषय भएन । सोही शाखामा सोध्नुहोस्,’ उनले भने।
सामान्यतः मन्त्रीले पनि बढीमा दुईवटासम्म सरकारी सवारीसाधन सुविधाका लागि प्रयोग गर्न पाउँछन्। तर उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवलले मन्त्रालयका दुईवटा र विभागको एउटा गरी तीनवटा गाडी प्रयोग गरिरहेका छन्। उनले चढ्ने गरेको बा२झ ४०२५ नम्बरको टोयोटा प्राडो विभागको स्वामित्वमा छ। मन्त्रालयले उनकै सुविधाका लागि छुट्याएको बा२झ ४३४२ नम्बरको टोयोटा भी एटले नपुगेर उनले मन्त्रालयकै स्वामित्वमा रहेको अर्को बा२झ १०८६ नम्बरको हुन्डाइको कार पनि लिएका छन्। बा२झ १०८६ नम्बरको कार मन्त्रीका परिवारका अन्य सदस्यले प्रयोग गरेको मन्त्रालय उच्च स्रोतको भनाइ छ।