ट्रेड युनियन कांग्रेस सुदुरपश्चिम प्रदेश युवा अध्यक्ष कुलैराज र महिलामा ईश्वरी चयन

117

भदौ २३, धनगढी-नेपाल ट्रेड युनियन कांग्रेस,सुदुर पश्चिम प्रदेश युवा समिति अध्यक्षमा कुलैराज उपाध्याय र महिला समिती अध्यक्षमा इश्वरी कठायत चयन भएका छन् । अगामी चार वर्षे कार्य कालकालागी युवा समिति उपाध्यक्ष शेर बहादुर रोकाया,महिला उपाध्यक्ष ऎश्वर्य कुवर,सचीव राजेन्द्र परियार,सह-सचीव पुष्पराज खड्का,कोषाध्यक्ष सावित्री रावत लोहनी ,सदस्यहरु हर्क बहादुर बोहोरा,मिलन सिंह भट्ट निर्विरोध चयन भएका छन् । यसैगरी प्रदेश महिला समिति उपाध्यक्ष भुवनेश्वरी कुमारी मुडभरी, सचिव नितु भण्डारी भट्ट , सह-सचीव लक्ष्मी शाह चन्द , कोषाध्यक्ष कुमारी राजु भट्ट , सदस्यहरु इन्द्रा साउद,तुलसी विष्ट,वसुन्धरा गौतम, सुष्मा लामा, र सिता खड्का निर्विरोध चयन भएको सुदुर पश्चिम प्रदेश अध्यक्ष सिद्धराज भट्टले जानकारी दिनु भयो ।