पेस्तोलसहित ७ जना पक्राउ

162
सांकेतिक तस्विर

भदौं २१,
काठमाडौं । प्रहरीले गुण्डागर्दीमा संलग्न भन्दै ७ जनालाई २ वटा पेस्तोलसहित पक्राउ गरेको छ ।
शनिबार अपरान्ह ४ः३० बजे माछापोखरीबाट २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित उनीहरुलाई काठमाडौ प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले गुण्डागर्दीमा संलग्न ७ जनालाई २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित पक्राउ गरेको पुष्टि गरे । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आइतबार काठमाडौं प्रहरीले पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।