भदौ १९,
काठमाडौ । दक्षिण एसियाली ट्रेड युनियन परिषद्सा (र्कटुक)ले श्रम प्रशासनबारे त्रिपक्षिय सामाजिक संवाद शुरु गरेका छन् । कार्यक्रममा विशेषगरि योगदानमा आधारित सामाजिक सुरक्षाको अवस्था र कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उदेश्यले रोजगारदाता,ट्रेड युनियन र सामाजिक सुरक्षा कोषका पदाधिकारीहरुबिच छलफल भएको हो ।
संवाद कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी प्रमुख कपिलमणी ज्ञावलीले हालसम्म रोजगारदाता छयालीस सय, श्रमिक चालिस हजार सुचिकृत भएको र योगदान रकम समेत एकतिस लाख जम्मा भएको जानकारी दिनु भयो । यसैगरी सुचिकृत र सेवाकालागी ई(सेवा मार्फत पनि गर्ने छलफल भइरहेको बताउनु हुदै यस योजनाको प्रचार प्रभावकारी बनाउन त्रिपक्षिय नै लाग्नु पर्ने विचार राख्नु भयो । सार्कटुकका महासचिव लक्ष्मण बहादुर बस्नेतले सामाजिक सुरक्षा योजनाको परिकल्पना कुनै पनि श्रमिक सामाजिक न्यायबाट बन्चित नहोस् भनेर रोजगारदाता र ट्रेड युनियनहरुको सहमतिमा आएकोले सहमती मै लागु गर्नु पर्ने बताउनु भयो । लागु गर्ने नाममा सरकार र श्रमिकको दबाबमा होइन सहमतिकै आधारमा गर्नु पर्ने , केहि समस्या छन् भने पनि संगै बसेर समाधान गरि सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्नुको विकल्प नरहेको विचार राख्नु भयो । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भरत आचार्यले सामाजिक सुरक्षा ऎनका केहि बुदा संशोधन गर्नु पर्ने बताउनु हुँदै केहि रोजगारदाता र श्रमिकले सामाजिक सुरक्षाबारे प्रश्न उठाए पनि रोजगारदाता र ट्रेड युनियनले मिलेर ल्याएकोले मिलेरै लागु गर्नु पर्ने बताउनु भयो । उद्योग परि संघका राजेश अग्रवालले सामाजिक सुरक्षाबारे सम्झाउन नसक्दा कम विश्वास भई श्रमिक नै सुचिकृत हुन नमानेको बताउनु भयो ।
नेपाल ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्र प्रसाद यादवले ऎन कानुन कार्यान्वयन गर्ने विषयमा रोजगारदाताहरु इमान्दार नदेखिएको , लागु गर्नु पर्ने बेला सबैले हात उठाउने प्रवृत्ती भएको आरोप लगाउनु हुदै ट्रेड युनियनहरुले औद्योगिक सम्बन्ध सुधार गर्न संवाद कार्यक्रमहरुको आयोजना गर्दै आएको तर रोजगारदाताले कहिल्यै नगरेको बताउनु भयो । यादवले थप्नु भयो- ‘ऎन कानुन लागु नहुदा श्रमिक असुरक्षित हुन्छन् । श्रमिक असुरक्षित हुदा औद्योगिक अशान्ति हुन्छ त्यसैले औद्योगिक शान्तिकालागी रोजगारदाता अग्रसर हुनु पर्यो ।’
जिफण्टका अध्यक्ष विनोद श्रेष्ठले जति धेरै श्रम लचकता त्यती नै सामाजिक सुरक्षाको अवधारणाबाट श्रम ऎन आएको भए पनि श्रमिकले मात्र लचकता देखाउनु पर्ने रोजगारदाताहरुको सोचाईमा सहमत हुन नसक्ने बताउनु भयो । अन्टुफका उपाध्यक्ष धन बहादुर वि।क।ले सामाजिक सुरक्षा योजनामा श्रमिकहरु नै जान मानेका छैनन् भन्ने भ्रम छरेर रोजगारदाताहरु भाग्न खोजेको आरोप लगाउनु हुदै यस्तो कार्य भए आन्दोलनमा जानुको विकल्प नरहेको बताउनु भयो । ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले सामाजिक सुरक्षाबारे ट्रेड युनियनहरुको बुझाईमा एक रुपता बनाउनुका साथै यस योजनाबारे सबै तहमा बुझाउन सक्नु पर्ने बताउनु भयो । अर्का उपाध्यक्ष अजय कुमार राईले सामाजिक सुरक्षाको सचेतना त्रिपक्षिय नै लागेर गर्नु पर्ने बताउनु हुदै अनौपचारिक क्षेत्रमा लागु गराउन ढिला भैसकेको बताउनु भयो । उपाध्यक्ष आशासिंह राठोरले सामाजिक सुरक्षाबारे रोजगारदाताले भ्रम छर्न बन्द गर्नु पर्ने बताउनु भयो । जिफण्टका उपाध्यक्ष कमल गौतमले त्रिपक्षिय नै मिलेर सामाजिक सुरक्षा लागु गर्नु पर्ने बताउनु भयो । ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुवरले सामाजिक सुरक्षा योजना र विभिन्न बिमा कम्पनीहरुले प्रदान गर्दै आएको योजनाहरुमा एक रुपता ल्याउनु पर्ने बताउनु भयो । यसैगरी रोजगारदाताले श्रम लचकता चाही खोजी खोजी प्रयोग गरेको श्रमिकको हितमा हुने दफाहरुमा आंखा चिम्लिएको आरोप लगाउनु भयो । अन्तर्राष्ट्रिय श्रम संगठनका नेपाल निर्देशक रिचार्ड हावर्डले सामाजिक सुरक्षा योजना नेपाली श्रमिकहरुको हितमा रहेको बताउनु हुदै प्राविधिक सहयोग गर्न जहिले पनि तयार रहेको बताउनु भयो । जिफण्टका महासचिव जनक चौधरीले रोजगारदाताहरु सामाजिक सुरक्षाबारे भ्रम छरेर लागु नगर्ने दाउमा रहेको आरोप लगाउनु भयो । यसैगरी जिफण्ट नेत्री मिना गुरुङले सामाजिक सुरक्षाबारे प्रचार कम भएको बताउनु भयो ।