हृतिक र टाइगरको ‘वार’को छायांकन लागि पोर्चुगलको सहर बन्द (भिडियो)

468

एजेन्सी, भदौ १५,
काठमाडौं । हृतिक रोशन र टाइगर श्रॉफको आगामी फिल्म वार को एक एक्शन दृश्यका लागि फिल्म निर्माताहरूले पोर्चुगलको पोर्टोको प्रमुख भागहरू बन्द गरि छायांकन गरेको निर्देशक सिद्धार्थ आनंदले बताए । आनंदले भने,”दुई मुख्य कलाकारहरूको शानदार चेस सिनमा पोर्तो शहरको मुख्य पुल दुई दिनको लागि बन्द हुन आवश्यक थियो ।”

सिद्धार्थका अनुशार स्थानीय अधिकारीहरूले पूर्ण रुपमा सहयोग पुर्‍याएका थिए र त्यहाँका स्थानीयहरू कुन फिल्मको लागि पुल बन्द भएको जान्न उत्सुक थिए । “उनीहरूको प्रतिक्रिया अनमोल थियो किनभने हृतिक र टाइगरले गरेको अभिनय देखेर उनीहरू छक्क परे।” उनले थपे। अघिल्लो हप्तामात्र वारको ट्रेलर रिलीज भएको छ। टाइगर श्रॉफले भारतीय सेनाका सैनिक खालिदको भूमिका खेलेका छन् भने हृतिक रोशन कबीर, उनको गुरुका रुपमा प्रस्तुत हुने छन्।