‘रातो टिका निधारमा’ टिमको दर कार्यक्रम

307

भदौं १४,
काठमाडौं । निर्देशक अशोक शर्माले फिल्म ’रातो टिका निधारमा’को टिमलाई तीजको दर खुवाएका छन् । शनिबार कमलपोखरी कार्यालयमा फिल्मका मुख्य मुख्य कलाकारलाई बोलाएर शर्माले दर खुवाएका हुन् । कलाकारहरु बसुन्धरा भुषाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, जयनन्द लामा, खुस्बु खड्का, अंकित शर्मा रविन्द्रा झा र निर्देशक शर्मा लगायतले दर खाँदै एक अर्कामा आत्मियता साटे । कलाकारले एक अर्कालाई दर खुवाउँदै तीज २०७६ को शुभकामना पनि आदान प्रदान गरे । असोज १० गते रिलिज हुने ’रातो टिका निधारमा’ले यसपटकको दशैँमा दर्शकलाई पूर्ण मनोरंजन दिने निर्देशक शर्माले बताए ।

एक रोमान्टिक गीत सार्वजनिक भैसकेको सिनेमा अहिले चर्चामा छ । फिल्मको ट्रेलरमा हलमा रिलिज भैसकेको छ । भने, युट्युबमा मंगलबार आउने शर्माले जानकारी दिए । हलमा बजेको ट्रेलरबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले बताएको छ ।