कविता : बाेकाले मंशिरमा दाँई हुदैन

223

-भुवन सिवाकाेटी “चाैघरे”

किसान पुत्र हुँ
सुकेकै छु दुखेकै हुन्छु
सुख्खा छ समय
उब्जनि हाेस वा नहाेस
बाँझाे गराहरू जाेत्नु नै छ
हलाे जूवामा गाेरु नार्नु नै पर्छ
किलाे दाम्लाेमा गाेरू बाँध्नु नै पर्छ
घाँस खुवाउने
तर
खर्क र विर्ता खाेसिएका छन्
भीर पाखाहरूमा डाेकाे बाेक्नैपर्छ
कसरी ?
कहाँबाट हालाै मल फसलहरूमा
र फलाऔं अरग्यानिक

मैले बलाेमा टेकाे लगाएर
भकारी थिच्दैमा
वरिपरि पानीकाे निकास काट्दैमा
आकाशे पानीले
डुवाउन छाेड्दैन गाेठकाे अगेंनु
निभ्छ बेला कुवेला आगाे
डाडाभाटा र बलाहरूमा डाेरी कस्दैमा
हूरीले उडाउन छाेडदैन भकारी
र त
समय समयमा
खुला आकाशकाे छहारी मुनि हुन्छु
आँखाभरी डूब्छन
जूनतारा

हावाहुरी थेग्न नसके जस्तै
समय प्रतिकुल छ
मंशिरे दाँईंकाे चटाराेमा
खलाे गराेमा गाढेकाे मियाेमा
बाँधिन्न गाेरूहरू
किनकि
संस्कार र जिम्मेवारीमा गाडिएकाे मीयाे
तपाईले लडाउनु भएकाे छ

फुकाएर छाेडदिनु दिनुभएकाे छ
गाेरू साँढेका बथानलाई
मुस्किलले गाँस खाएर श्वास थामिरहेका
कस्तुरी मृगका बस्तिबस्तिमा
चराउन
तर
ति कस्तुरी मृगहरू
जसलाई
आफै भित्रकाे सुगन्ध थाहा छैन
जाे भाैतारिइरहेका छन
सुवास खाेजेर यत्रतत्र
त्राहिमाम त्राहिमामकाे काेलाहलमा
खपेका छन्
कस्तुरी बाच्छाहरू मिचाइ

म किसान
मेराे सामर्थ्यभन्दा पर कसरी बुझाउँ
अनमत्त जुध्ने साँढेहरूलाई
बाेकाहरूले मंशिरकाे खलाेमा दाँईं हुँदैन ।।

-परिक्षक भुवन सिवाकाेटीको फेसवुकवाट
२०७६ भाद्र १३
काठमाडाै