Sunday, September 27, 2026
Home मनोरन्जन कश्मिरमा भेटिए अक्षय कुमारका डुप्लिकेट

कश्मिरमा भेटिए अक्षय कुमारका डुप्लिकेट

211

एजेन्सी, भदौ १२
मुम्बई । बलिउड अभिनेता अक्षय कुमारको अहिले सामाजिक सञ्जालमा चर्चा चुलिएको छ। र, यो चर्चामा कश्मिरका एक जना मान्छे जोडिएका छन्।सामाजिक सञ्जालमा अहिले कश्मिरका एक जना पाका उमेरका मान्छेको फोटो भाइरल भइरहेको छ, जसकोना अनुहार अक्षयसँग मिल्दो जुल्दो देखिन्छ। माजिद मीर नामका ती कश्मिरी नागरिकलाई धेरैले अक्षयको ‘डुप्लिकेट’ अनुहार मानेका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार बुधबार माजिदको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। माजिद भारतीय क्रिकेटर सुनील गावस्कारका फ्यान भएको बताइएको छ। उनी सधैं जसो एउटा ठूलो ह्याट लगाउँछन् र उनलाई स्थानीयहरूले ‘लिटल मास्टर’ भनेर बोलाउने गरेका छन्। आफ्नो समुदायमा सबैको नजरमा परेका माजिद इन्टरनेटमा देखिनेबित्तिकै धेरैको ध्यानाकर्षण भयो। अक्षयको ‘बुढेसकालको अनुहार’ भन्दै यो फोटो भाइरल भइरहेको छ।