Sunday, September 27, 2026
Home राजनीति सरकारले गर्यो विवादित मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेस

सरकारले गर्यो विवादित मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेस

144

भाद्र १२,
काठमाडौँ । सरकारले विवादित नेपाल मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रियसभामा पेश गरेको छ । नेपाल पत्रकार महासंघसहित सञ्चार क्षेत्रका विभिन्न संघसंस्थाले विरोध जनाउँदै आएको मिडिया काउन्सिल विधेयक बिहीबार राष्ट्रिय सभा बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पेस गरेका हुन्

महासंघले उक्त विधेयकका प्रावधानहरूले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने भन्दै चरणबद्ध आन्दोलन नै गरेको थियो । वैशाख २७ मै राष्ट्रिय सभाको सचिवालयमा दर्ता भएको उक्त विधेयक महासंघकै विरोधका कारण अगाडि बढ्न सकेको थिएन । नेकपाका नेताहरूले विधेयक सच्याइने प्रतिबद्धता व्यक्त गरेपछि महासंघले आन्दोलन स्थगन गरेको थियो ।