तियानानमेन स्क्वेयरको याद दिलाउने हङकङ प्रदर्शनको एक तस्वीर भयो भाइरल

220

एजेन्सी, भदौ ११,
काठमाडौं । हङकङमा चलिरहेको विरोध प्रदर्शनमा एउटा तस्वीर अहिले खुबै भाइरल भइरहेको छ । उक्त तस्वीरका व्यक्तिले तियानानमेन स्क्वेयरको ट्यांकम्यान नामक अज्ञात व्यक्तिको स्मरण गराएको छ । अहिलेको तस्वीरमा एक व्यक्ति सुरक्षाकर्मीका अगाडि निःशस्त्र भएर छाती फुलाएर उभिएको देखिन्छ ।

तियानानमेन स्क्वेयरमा भएको दमनमा एक व्यक्ति ट्यांकअगाडि उभिएको तस्वीर निकै प्रसिद्ध भएको थियो । उक्त व्यक्ति अहिले पनि स्वतन्त्रता र असहमतिको आवाज मानिन्छ । सेतो प्यान्ट र शर्ट लगाएको व्यक्ति हातमा शपिङ ब्याग लिएर ट्यांकअघि निःशस्त्र उभिएको थियो ।

हङकङ प्रदर्शनमा व्यक्तिले त्यही दृश्य याद दिलाएका छन् । विरोध गरिरहेका व्यक्ति बन्दूक ताकेको सुरक्षाकर्मीका अगाडि उभिएर चुनौती दिइरहेका छन् । न्युयोर्क टाइम्सका फोटोग्राफर लेम यिकले खिचेको तस्वीर हङकङ विरोधको कथा प्रस्तुत गर्छ । तस्वीर आइतवार खिचिएको हो । विगत केही दिनयता हङकङमा भइरहेको विरोध प्रदर्शनमा सुरक्षाकर्मीहरूले प्रदर्शनकारीमाथि कडीकडाउ गरिरहेको देखिन्छ ।