कान्तिपुर दैनिक
भदौं ६, काठमाडौँ — प्रधानमन्त्री स्वदेश वा विदेश रहेका बेला अब भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्न सक्ने भएको छ । नेपाल सरकार (कार्यसम्पादन) नियमावली २०६४ लाई संशोधन गरी मन्त्रिपरिषद् बैठकले यस्तो व्यवस्था गरेको हो । यसअघि प्रधानमन्त्री सशरीर उपस्थित भएपछि मात्र मन्त्रिपरिषद् बैठक बस्थ्यो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भदौ १, २ र ४ गतेका मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै भने, ‘अब प्रधानमन्त्री विदेश हुँदा पनि मन्त्रिपरिषद् बैठक बस्न सक्नेछ ।’