बैंकलाई शेयर कारोबारको लाईसेन्स दिने प्रक्रिया नेप्सेद्वारा स्थगित

133

भदौ ४,
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरे अनुसार शेयर कारोबारको लागि बैंकलाई ब्रोकर लाईसेन्स दिने प्रक्रिया अघि बढाएको नेप्सेले हिजो स्थगित गरेको छ । नेप्सेले एक सूचना प्रकाशित गर्दै बैंकलाई सहायक कम्पनीमार्फत आवेदन दिन गरेको आह्वान समेत हाललाई स्थगित गरिएको जनाएका छन् ।

नेप्सेको सूचना अनुसार सात वटा बाणिज्य बैंकहरुले सहायक कम्पनी खोलेर शेयर कारोबार गर्नका लागि नेप्सेमा आवेदन दिएका थिए । नेपाल स्टक एक्सचेन्जका कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हाललाई संसदीय समितिमा सो सम्बन्धमा छलफल भइरहेकाले बैंकलाई ब्रोकर लाईसेन्स दिने प्रक्रिया स्थगित गरिएको बताए । साउदका अनुसार हालसम्म सात वटा बैंकले सहायक कम्पनीमार्फत शेयर कारोबारको लागि आवेदन दिएका थिए । गत साउन १७ गते १५ दिनभित्र आवेदन दिन आह्वान गरेको नेप्सेले हाललाई सो सम्बन्धी सबै प्रक्रिया स्थगन गरिएको जनाएको छ ।