सिंगापुर डेढ साता बसेर प्रधानमन्त्रीले उपचार गर्ने

74
फाइल तस्बिर

भदौं ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई लामो हुने भएको छ । उनी स्वास्थ्य उपचारका लागि ५ गते जाँदैछन् । मंगलबार बालुवाटारमा बसेको प्रमुख चार दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे जानकारी दिएका हुन् । ‘म स्वस्थ्य छु, बाहिर हल्ला गरे जस्तो केही भएको छैन’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले भने, ‘८र१० दिनलाई फेरि जाँदैछु भन्नुभयो ।’ यसअघि प्रधानमन्त्री ओली साउन १८ गते उपचारका लागि सिंगापुर गई साउन २७ गते फर्किएका थिए । उपचार गरेर फर्किएको दुई झण्डै एक सातापछि उनी फेरि जान लागेका हुन् । -अनलाइनखबर