सरकार प्रजातन्त्रविरोधी हो भन्ने प्रष्ट भइसक्यो, अव कुनै पनि बेला हाम्रो पार्टी सडकमा उत्रिन सक्छ : देउवा

169

भदौ २,
बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार प्रजातन्त्रविरोधी भएको प्रष्ट भइसकेको बताएका छन् । साथै सरकारविरुद्ध आफ्नो पार्टी कुनै पनि बेला सडक आन्दोलनमा आउन सक्ने उनले बताए । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीको भैरहवामा गरेको कार्यक्रममा देउवाले मानवअधिकार आयोग, मिडिया काउन्सिल लगायतका विधेयकको विरोध गरे ।

उनले भने, ‘ अहिले सरकारले जनताका अधिकारहरु खोस्दैछ । मैले त पहिला नै भनेको थिए कि बोल्न पनि पाइँदैन भनेर ।’ सरकारले मानवअधिकार आयोगलाई महान्यायाधिवक्ताको मातहतमा राख्ने खोजेको भन्दै उनले सरकार प्रजातन्त्रविरोधी भएको प्रष्ट भइसकेको बताए । उनले सरकारका प्रजातन्त्रविरोधी कदमहरुको विरोधमा संसदमा संघर्ष गरिरहेको तर, कुनै पनि बेला सडक आन्दोलनमा आउनुपर्ने अवस्था रहेको बताए ।