किन आउदै छन् भारतीय विदेशमन्त्री जयशंकर बुधबार नेपाल ? यस्तो छ कारण

400

भदौ २,
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार नेपाल आउने भएका छन् । उनी नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । भारतीय विदेशमन्त्री बनेपछि उनी पहिलोपटक नेपाल आउन लागेका हुन् । काठमाडौंमा ४–५ गते हुने नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन जयशंकर नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आयोग बैठकको परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र जयशंकरले सहअध्यक्षता गर्नेछन्।

बैठकमा दुई पक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, उर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। संयुक्त बैठकमा दुई देशबीचका समग्र सम्बन्ध, साझेदारीका क्षेत्र र व्यापार तथा पारवहन लगायतका विषयमा छलफल हुनेछ । सन् १९८७ मा स्थापना भएको संयुक्त आयोगको चौथो बैठक तीन वर्षअघि नयाँदिल्लीमा भएको थियो ।दुवै देशमा पालैपालो हुने आयोगको बैठकले आपसी हितका सम्बन्धमा जोडिएका विषयहरूलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने नीति तय गर्ने गर्छ । यो दुई देशबीचको उच्चस्तरीय संयुक्त संयन्त्र हो ।