पत्रकारिता क्षेत्रमा सुधारको खाचोँ देखियोः एमाले नेता मिश्र

137

पुस २९,
भक्तपुर । नेकपा एमाले केन्द्रिय सदस्य तथा चाँगुनारायण नगरपालिका नगरप्रमुख सोम प्रसाद मिश्रले पत्रकारिता क्षेत्रमा सुधारको खाचोँ देखिएको बताएका छन् ।
बिहिबार प्रेस चौतारी नेपाल भक्तपुर जिल्ला शाखाको चौथौं अधिवेशनलाई उद्घाटन गर्दै एमाले नेता मिश्रले भने ‘राम्रो कामको प्रचार र खराब कामको विरोध गर्नु पत्रकारिताको धर्म हो । ’
उनले सबै क्षेत्रमा सुद्धिकरणको कुरा उठाउने पत्रकारिता क्षेत्रको सदस्यतामा समेत सुधारको खाचोँ देखिएको बताए । निर्माण व्यवसायीदेखि होटलवाला सबै पत्रकार महासंघ सदस्य हुने चलनले पत्रकारिता क्षेत्र बद्नाम हुने उनको भनाई छ ।

‘भक्तपुरमा भएका राम्रो कामको प्रचार गर्नुस् हामीबाट केही कमीकमजोरी भए सचेत गराउनुस्, उनले भने । कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय उपमहासचिव हिरामान लामाले पार्टी पत्रकार भन्दापनि चौतारीकर्मी जनताको पत्रकार हुनु पर्ने बताए । काम नगर्ने तर, पद मात्रलिने अवस्थाले गर्दा संस्था कमजोर हुने लामाको भनाई छ ।

एमाले जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले पार्टीले विगतदेखिनै पत्रकारिता जगतसंग समन्वय गर्दै आइरहेको र भविष्यमा पनि गर्ने प्रतिवद्धता व्यक्त गरे । व्यक्ति पुज्ने परम्परा त्यागेर पत्रकारहरुले कामललाई पुज्ने नीति लिनु पर्ने उनको भनाई छ ।

कार्यक्रममा प्रेस चौतारीका उपत्यका इन्चार्ज प्रकाश शिलवाल, प्रेस काउन्सिलका सदस्य दिपक पाण्डे, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, प्रेस सेन्टरका अध्यक्ष संजीप घिमिरेलगायतले जनचासोका विषयमा महत्व दिनु पर्ने बताए । प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरको अध्यक्षमा हेमराज ढकाल सर्वसम्वत चयन भएका छन् ।

विहिबार सम्पन्न चौंथौं अधिवेशनको बन्द सत्रबाट ढकालको नेतृत्वमा १३ सदस्य रहेको जिल्ला शाखा गठन भएको हो । शाखाको उपाध्यक्षमा ऋषिकेश श्रेष्ठ, मिना घोरासाइने, सचिबमा आशिष पौडेल, सहसचिबमा राजकुमार लामिछाने, विपना मुसिख्वाल, कोषाध्यक्षमा नारायण थापा सर्वसम्वत चयन भएका छन् । त्यसगरि सदस्यहरुमा सविना केसी, देबेन्द्र प्रजापति, सिर्जना खतिवडा, प्रतिकराज कार्की रहेका छन् भने दुई सदस्यपछि थप हुने नवनिर्वाचित अध्यक्ष ढकालले जानकारी दिए ।