मिस टुरिजम २०१९ को उपाधि आरजुलाई

98

साउन २५,
काठमाडौं । विराटनगरकी आरजु पोखरेलले यस वर्षको मिस टुरिज्म’ को उपाधि जितेकी छन् । १० प्रतियोगीलाई आज भएको अन्तिम प्रतिस्पर्धामा पछाडि पार्दै २१ वर्षीया पोखरेलले सन् २०१९को सो उपाधि चुमेकी हुन् । निर्णायक नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस ९नाट्टा० का अध्यक्ष सिएन पाण्डेले सोधेको ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रमलाई लाई सफल पार्न गर्नुपर्ने प्रमुख तीन कामहरु के–के हुन् रु भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै पोखरेलले उपाधि जित्न सफल भएकी हुन् ।
उपाधिसँगै उनले रु ५० हजार नगद प्राप्त गर्नुका साथै पर्यटन क्षेत्रमा विभिन्न अवसर पाउने भएकी छन् । प्रतियोगितामा फष्ट रनअर अप काठमाडौँकी युसिका तुलाधर र सेकेन्ड रनअर अप झापाकी सविता न्यौपाने घोषित भए ।

उनीहरुले क्रमशः रु ३० हजार र २० हजार हात पारे । मिस टुरिज्मको उपाधि विजेता पोखरलेले ट्राभल एण्ड टुरिज्म विषयमा स्नातक गरेका छन् । उनी हाल रोयल माउण्टेन ट्राभलमा काम गर्दै आएकी छन् । ताज जितेपछि पोखरेलले रासससँग संक्षिप्त कुराकानी गर्दै नेपाल भ्रमण वर्ष अयिभानलाई सफल बनाउन सक्रियरूपमा लाग्ने बताइन् । उनले आफू पर्यटन क्षेत्रमै आवद्ध भएकोले आफ्नो अनुभवलाई आगामी दिनमा पनि यस क्षेत्रको प्रवद्र्धनमा सहयोग गर्ने बताइन् । प्वाइन्ट मिडिया प्रालिले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मिस टुरिज्म प्रतियोगिताको आयोजना गर्दै आएको छ ।