Wednesday, September 23, 2026
Home पत्रपत्रिका लाइसेन्स जोगाउन तामाकोसी तेस्रोको क्षमता घटाइयो

लाइसेन्स जोगाउन तामाकोसी तेस्रोको क्षमता घटाइयो

257

नागरिक दैनिक
साउन १५,
दोलखा । ६ सय ५० मेगावाट क्षमताको तामाकोसी तेस्रो जलबिद्युत आयोजनाको लाईसेन्स खारेज हुनबाट जोगाउन प्रवद्र्धक टीबीआई होल्डिङ कम्पनीले दुई गुणा बढी क्षमता घटाएर चिनिया कम्पनीसंग लगानी सम्झौता गरेको खुलेको छ। अघिल्लो बिहिबार राजधानीमा उर्जा मन्त्री बर्षमान पुनको उपस्थितिमा चिनको वाईआईजी ईन्टरनेशनल र सांघाई ईन्भेष्टमेन्ट डिजाईन एण्ड रिसर्च ईन्स्टिच्युट कर्पोरेसन तथा आयोजनाको प्रवद्र्धक नेपाली कम्पनी टीबी आई होल्डीङ बिच २ सय ८० मेगावाटमा आयोजनाको निर्माण गर्ने गरी संयुक्त विकास प्रारुपमा हस्ताक्षर भएको थियो। टीबीआई होल्डीङले २ बर्ष भित्र प्रारम्भिक अध्ययन गर्ने भन्दै बिद्युत विकास बिभागबाट २०७४ असोज २६ गते ६ सय ५० मेगावाटमै सर्भेक्षण अनुमति लिएको थियो। उसको अनुमति आउदो असोज २५ गते सकिदैछ। बिभागबाट लिएको सर्भेक्षण अनुमतिको समयावधी सकिनुभन्दा साढे दुई महिना अघि दुई ठुला चिनिया लगानीकर्तासंग साझेदारीमा टीबीआईले आयोजनाको कार्यान्वयन अगाडि बढाउन भन्दै समझदारी गरेको हो। चिनमा १८ हजार मेगावाट बिजुली उत्पादन गरेको अनुभव भएका यि कम्पनीसंग समझदारी गर्न आयोजित हस्ताक्षर समारोहमा चिनको युनान प्रान्तका उपगभर्नर झाङ ग्वाहुवा पनि उपस्थित थिए।

उर्जाका एक अधिकारीका अनुसार अनुमति पत्रको समयावधी साढे दुई महिना मात्र बाँकी रहेका कारण पूर्ण क्षमताभन्दा दुई गुणा कम अर्थात २ सय ८० मेगावाट बिजुली उत्पादन गर्ने गरी लगानी समझदारीमा हस्ताक्षर गरिएको छ। एकै पटक ठुलो आयोजना बनाएर गर्दा लगानी र भुगोल साथै अध्ययनको समय लगायत हरेक हिसाबले जोखिम हुने र आउदो असोज भित्र नगरे लाईसेन्स नै खारेज हुने कारण २ सय ८० मेगावाट बनाउने गरी सम्झौता गरिएको हुन सक्ने ति अधिकारीको भनाइ छ। ६ सय ५० मेगावाट क्षमताको अध्ययन अनुमती पाएको टीबीआईले बिद्युत विकास बिभाग हुँदै लगानी बोर्डमार्फत आयोजना कार्यान्वयन गराउनुपर्ने भए पनि जस्केलाबाट उर्जा मन्त्रालयले उसलाई सिधै अनुमति दिएको थियो।