Tuesday, September 22, 2026
Home मनोरन्जन फेरी ट्रोल भइन् प्रियंका चोपडा

फेरी ट्रोल भइन् प्रियंका चोपडा

239

साउन १३,
बलिउड नायिका प्रियंका चोपडा जोनसले हालै श्रीमान् निक जोनाससँग केही तस्बिर इन्स्टाग्राममा सेयर गरिन् । यी फोटोमा उनी श्रीमान् निकसँग निकै रोमान्टिक अन्दाजमा देखिएकी छिन् तर यी तस्बिरमा उनले गुलाबी स्विम सुटसँग गुलाबी पञ्जा लगाइरहेको देख्न सकिन्छ । यो गुलाबी पञ्जाका कारण प्रियंका निकै ट्रोल भइरहेकी छिन् । उनका प्रशंसक यो थाहा पाउन खोजिरहेका छन् कि आखिर स्विमिङको क्रममा उनले किन पञ्जा लगाइरहेकी छिन् । एक प्रयोगकर्ताले उनको फोटोमा कमेन्ट गर्दै सोधेका छन्, ‘पौडी खेल्दा कसले पञ्जा लगाउँछ ? ’