फेरी ट्रोल भइन् प्रियंका चोपडा

231

साउन १३,
बलिउड नायिका प्रियंका चोपडा जोनसले हालै श्रीमान् निक जोनाससँग केही तस्बिर इन्स्टाग्राममा सेयर गरिन् । यी फोटोमा उनी श्रीमान् निकसँग निकै रोमान्टिक अन्दाजमा देखिएकी छिन् तर यी तस्बिरमा उनले गुलाबी स्विम सुटसँग गुलाबी पञ्जा लगाइरहेको देख्न सकिन्छ । यो गुलाबी पञ्जाका कारण प्रियंका निकै ट्रोल भइरहेकी छिन् । उनका प्रशंसक यो थाहा पाउन खोजिरहेका छन् कि आखिर स्विमिङको क्रममा उनले किन पञ्जा लगाइरहेकी छिन् । एक प्रयोगकर्ताले उनको फोटोमा कमेन्ट गर्दै सोधेका छन्, ‘पौडी खेल्दा कसले पञ्जा लगाउँछ ? ’