Thursday, October 1, 2026
Home समाचार सिडिओकै सक्रियतामा जावलाखेलको तरकारी बजारमा चल्यो डोजर

सिडिओकै सक्रियतामा जावलाखेलको तरकारी बजारमा चल्यो डोजर

545

साउन १०,
काठमाडौ । ललितपुरको जावलाखेलस्थित तरकारी बजारमा डोजर चलेको छ । ललितपुरको जावलाखेलको सार्वजनिक जग्गामा ५२ देखि रहेको टहरा पसल तथा तरकारी बजारमा शुक्रबार बिहान डोजर लागाइ भत्काइएको हो। बिहानै ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी डोजर लिएर टहरा भत्काउन आफैं पुगेका थिए।

डोजर लगाउनुअघि जिल्ला प्रशासन कार्यालयले दिएको तीन दिनको समयभित्र पसलवालाले आफ्ना सबै सामान सारिसकेका थिए । प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले सार्वजनिक जग्गा ओगटेर अव्यवस्थित तरिकाले पसलहरु खोलिएकाले हटाइएको जानकारी दिए । ‘हामीले सात-आठ वर्ष पहिलेदेखि नै हटाउने प्रयास गर्दै आएका थियौं । उनीहरुलाई पसल छाड्न चेतावनी पनि दिएका थियौं र पछिल्लो समय तीन दिनको समय दिएर भत्कायौं,’ प्रजिअ जोशीले भने ।

ती पसलहरु करिब २० वर्ष अगाडिदेखि सञ्चालित थिए र, प्रत्येक पसलबाट जावलाखेल युथ क्लबले भाडा उठाउँदै आएको थियो ।