मोटरसाइकल चोर्ने, नक्कली ब्लुबुक बनाएर बेच्ने गिरोह पक्राउ

163

साउन ७,
भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिले चोरीको मोटरसाईकल र नक्कली ब्लुबुक सहित सहित ६ जना पक्राउ गरेको वृत्तका प्रमुख प्रहरीनायव उपरिक्षक शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष १९ को बालकृष्ण विश्वकर्मा, काभ्रेपलाञ्चोक तिमाल गाँउपालिका वडा न.५ बस्ने बर्ष १९ को राकेश लामा रहेका छन् । काभ्रेपलाञ्चोक तिमाल तिमाल गाँउपालिका वडा न.९ बस्ने बर्ष २१ को फुर्साङ लाम, सोही स्थान बस्ने बर्ष २४ को दावा लामा छन् ।

ललितपुर गाईघाट घर भई हाल ललितपुर टिकाथली बस्ने बर्ष १९ को दिपक थापा मगर र सिन्धुपाल्चोक तौथली घर भई हाल ललितपुर टिकाथली बस्ने बर्ष २१ को कुमार नेपाली रहेको वृत्तका प्रमखु प्रनाउ कोइरालाले जानकारी दिएका छन् ।
प्रहरीले उनीहरुको साथबाट नम्बर प्लेट परीवर्तन गरी बा ९९ प ४१०८ न.को नम्बर प्लेट राखिएको मोटरसाइकल, बा ९९ प ४१०८ न. उल्लेख भएको ईन्जिन न.नभएको ब्लुबुक, बा ७ प ५४७१ मोटरसाइकल बरामद गरेको छ ।

मध्यपुरको क्षयरोग अस्पताल नजिकबाट बा १ ख ८९१० न.को गाडीमा यात्रुको व्याग लुटी भाग्दै गरेको अवस्थामा ओखलढुङ्गा चम्पादेवी वडा न. १ का गोपाल कार्कीलाई महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरको टोलिले पक्राउ गरेको छ । त्यसैगरि लोकन्थलीबाट मोबाईल चोरी गर्ने गिरोहका ३ जनालाई प्रहरी वृत्त थिमी टोलिले पक्राउ गरेका छ । रामेछाप मन्थली नगरपालिका १ बस्ने बर्ष २२ को अमित कार्की सोही स्थानका २० को लक्ष्मण थापा र सर्लाही हरीवन नगरपालिका वडान.८ बस्ने बर्ष २८ को राजु परीयार रहेका छन् । पक्राउ परेका व्यक्तीहरुलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान कार्य भइरहेको वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक कोइरालाले बताए ।