फोटोमा हेर्नुहो्स् रातो पोशाकमा ग्ल्यामर देखिएकी ‘कबीर सिंह’की कियारालाई

348

एजेन्सी, साउन ७,
काठमाडौं । मुम्बई – बलिउड फिल्म ‘कबीर सिंह’ बाट एकाएक चर्चामा आएकी कियारा एडभानीको चर्चा चुलिएको छ । कियाराको सुन्दरता त दर्शकले यसअघि पनि देखिसकेका थिए । जब उनी सुसान्त सिंह राजपूतको फिल्म ‘एम एस धोनी’ मा देखिएकी थिइन्, त्यतिबेला नै उनले धेरै फ्यानको मन जितेकी थिइन् । हालै रिलिज भएको फिल्म ‘कबीर सिंह’ ले त उनलाई थप उचाइमा पु–याएको छ ।

कियारासँग अहिले धेरै कलाकारले काम गर्न चाहिरहेका छन् । हालै उनले एक फेसश शो मा पनि सहभागिता जनाइन् । कियारा शो मा सहभागी भएका केही तस्वीर सार्वजनिक गरिएका छन् । यी तस्वीरमा कियारा जति सुन्दर देखिएकी छिन्, त्यति ग्ल्यामर पनि देखिएकी छिन् ।