Sunday, September 27, 2026
Home Uncategorized गरुडामा भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको शाखा

गरुडामा भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको शाखा

251

काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले रौतहट जिल्ला, गरुडा नगरपालिका, वडा नं– १, गरुडा बजारमा रहेको एक्सटेन्सन काउण्टरलाई स्तरोन्नती गरी आज बाट डेभलपमेन्ट बैंकको ४५ औशाखा कार्यालयको रुपमा रुपान्तरण गरी बैकिङ्ग कारोबार शुभारम्भ गरेको छ । उक्त एक्सटेन्सन काउण्टरको शाखामा स्तरोन्नती भए पश्चात साविकमा प्रदान गर्ने गरिएको सिमित बैकिङ्ग कारोबारको अलावा त्यस भेगका जनताले सामान्यतः सबै प्रकारका बैंकिङ्ग सेवा अझै स्तरीय एवं सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।