Wednesday, October 7, 2026
Home अर्थ आइफोन सिक्स प्लस २६ हजारमा

आइफोन सिक्स प्लस २६ हजारमा

238


माघ २१,
काठमाडौ -अहिले बजारमा कमैमात्र बिक्री हुने आइफोन ब्राण्डको फोन (आइफोन सिक्स र सिक्स प्‍लस) बजार मूल्य ६० हजार रुपैयाँसम्म पर्छ। तर त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले भने न्यूतम मूल्य २६ हजार तोकेको छ। न्यूनतम मूल्य रहेपनि २६ हजारमानै पाउन सकिन्छ भन्ने छैन। अर्को व्यक्तिले २७ हजार दियो भने २७ हजार दिने व्यक्तिले मोवाइल पाउछ। विमानस्थल कार्यालयले २६ थान मोबाइलको लागि लिलामी प्रक्रिया अघि बढाएको छ। २६ थान आइफोन सिक्स र आइफोन सिक्स प्‍लसको जम्मा न्यूनतम मूल्य ६ लाख २४ हजार तोकिएको छ। औषत हिसाव गर्दा एक सेटको मूल्य २६ हजार पर्छ। तर बढाबढको आधारमा लामी गरिने छ। लिलामीमा भाग लिन चाहने व्यक्ति वा संस्थाले १५ दिनभित्र निवेदन दिनुपर्ने छ। चालु आर्थिक वर्षमा विभिन्न देशबाट आउने नेपाली तथा विदेशीले कानुनले दिएभन्दा बढी परिणाममा लिएका मोवाइल तथा गैरकानुनी ढंगले लिएमा मोबाइल लिलामी गर्न थालिएको हो। प्रकियामा भाग लिनेले फागुन ६ गतेसम्मआर्थिक वर्ष २०७४र०७५ को कर चुक्ता प्रमाण र प्यान नम्वरसमेत उल्लेख गरी निवेदन दिनुपर्नेछ। न्यूनत मूल्य वा मूल्यभन्दा माथि तोकेर त्यसको १० प्रतिशत रकम तत्काल धरौटी राख्नु पर्ने व्यवस्था गरिएको छ। डाक स्वीकृति भएको १० प्रतिशत कटाएर रकम दिनु पर्ने छ भने स्वीकृति नभएमा भने रकम फिर्ता हुने कार्यालयले जनाएको छ।