नागरिक दैनिक
साउन ६, धनुषा । महोत्तरीकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ। भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएसँगै सबैको होस उडेको छ। रोजगारीको प्रलोभन देखाई आफ्नै आमाले जनकपुर लाने भनी भारतको दिल्ली पु¥याएर आफूले समेत अनैतिक सम्बन्ध राख्दै आएका सीतारामसँग यौन सम्पर्क गर्न लगाएको पीडित बालिकाले बताएकी छन्। दलित समुदायकी ती बालिकालाई आमाकै मिलेमतोमा सीतारामले दिल्ली पु¥याएर १५ दिन बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन्। ‘दिल्लीमा आमाकै अगाडि दिनदिनै बलात्कार गथ्र्यो,’ पीडित बालिकाले भनिन्, ‘आमा केही भन्दिनथिन्। उल्टै मलाई गाली गर्थिन्। प्रतिकार गर्न खोज्दा ज्यान मार्ने, काटिदिनेलगायत अनेकखाले धम्की दिइन्थ्यो।’
कसरी पुगेको थियो बालिका दिल्ली ?
बालिकाकी आमा स्थानीय सीतारामको घरमा मजदुरी गर्थिन्। आमा र सीतारामसँग अनैतिक सम्बन्ध रहँदै आएको बालिकाले बताइन्। गत जेठमा रोपाइँका दिन सीतारामले छोरीसँग पनि सम्बन्ध राख्ने प्रस्ताव गरेको बताइएको छ। बालिकाकी ठूली आमाका अनुसार पैसाको प्रलोभन दिएर सीतारामले जेठ २७ गते आमाछोरीलाई नै रोजगारीका लागि जनकपुर जाने भन्दै लगेका थिए। त्यसपछि जयनगर हुँदै दिल्ली जान हिँडेको उनले बताइन्। भारतको दरभंगा पुग्दा रेलवे स्टेसनमा ‘कसैले को हो र कहाँ जान लागेको भनेर सोधे बुबा हो, दिल्लीमा सँगै बस्छौं भनेर जवाफ दिन अह्राएको पीडित बालिकाले बताइन्।
आफूले प्रतिकार गर्न खोज्दा आमाले गाली गर्दै मारिदिने धम्की दिएको उनको भनाइ छ। ‘ज्यान जाने डरले बाटामा उनीहरूले सिकाएजस्तै जवाफ दिँदै दिल्ली पुगियो,’ उनले भनिन्, ‘दिल्लीमा घरबेटीले सोध्दा पनि आमाले सिकाएजस्तै भनदिएँ।’ बालिकाकाअनुसार दिल्लीमा तीनैजना एउटै कोठामा बस्थे। सीतारामले प्रत्येक दिन जबर्जस्ती गर्दा आमाले बालिकालाई संरक्षण दिनुको सट्टा उल्टै ती पुरुषलाई सघाएको भन्दै पीडित बालिकाले गुनासो गरिन्। बालिकालाई घरबाट बाहिर निस्कनसमेत दिइँदैनथ्यो। शौचालय पनि आमासँगै जानुपथ्र्यो।