इजरायलका प्रधानमन्त्रीकी पत्नीलाई जरिवाना

134

असार ८,
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नीलाई छली गरेको आरोपमा बिहीबार सजाय तोकिएको छ। छली गरेर सरकारी कोषको दुरुपयोग गरेको आरोपमा उनलाई सजाय गरिएको कानून मन्त्रीले बिहीबार जानकारी दिएका छन्। जेरुसेलमको जिल्ला वकीलको कार्यालयले प्रधानमन्त्री पत्नी सारा नेतान्याहुका विरुद्धमा मुद्धा दायर गरेको कानून मन्त्रीले जारी वक्तव्यमा उल्लेख गरेका छन्। आफ्नो घरमा पकाउने र खुवाउने कुनै कर्मचारी नभएपछि उनले केही व्यक्तिहरूलाई प्रधानमन्त्री कार्यालयको खर्चमा रेस्टुरेन्टमा खाना खुवाएको र त्यसका लागि एक लाख अमेरिकी डलर खर्च भएको भन्ने बिषयमाथि गरिएको छानविनमा ५९ वर्षिय साराले जरिवानको सजाय पाएकी हुन्। उनीमाथि घुस लिएको, झूट बयान दिएको र विश्वासप्रति धोखा दिइएको बताइएको छ। सारासँगै प्रधानमन्त्री कार्यालयका पूर्व उपमहानिर्देशक इज्रा साइडोफलाई पनि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा कारबाही भएको छ।