‘साहो’ को ८ मिनेटको एक्सन सिनमा लगभग १ अर्व खर्च

377

एजेन्सी, साउन १,
काठमाडौं । ‘बाहुबली’ फेम्ड अभिनेता प्रभासको एक्सनले भरपूर फिल्म ‘साहो’ लामो समयदेखि चर्चामा छ । फिल्मको टीजर, पोस्टर्स र फर्स्ट सङ ‘साइको सैयाँ’ रिलिज भइसकेको छ । यो फिल्मलाई वर्षको सबैभन्दा ठूलो एक्सन इन्टरटेनर फिल्म बनाउनका लागि मेकर्सले निर्धक्क पैसा खर्च गरेका छन् । हालै फिल्मको ८ मिनेट लामो एक्सन सिन खिचिएको छ, जसमा ७० करोड भारतीय रुपैयाँ खर्च भएको जानकारी प्राप्त छ । ‘साहो’ का छायाँकार मधिएले अबूधाबीमा खिचिएको ८ मिनेटको सिनमा निर्माताले ७० करोड खर्च गरेको बताए । उनले यो फिल्मले इतिहास रच्ने दाबी गरेका छन् ।

एक सिंगल सिक्वेन्सका लागि करोडौं खर्च गर्ने निकै कम मेकर्स हुन्छन् । ‘साहो’ को एक्सन सिनलाई केनी बेट्सले निर्देशन गरेका छन् । फिल्मको ९० प्रतिशत फाइट सिन रियल हो । फिल्ममा बलिउड अभिनेत्री श्रद्धा कपूर पुलिसको भूमिकामा छिन् । फिल्म १५ अगस्टमा रिलिज हुँदैछ । सुजिथ निर्देशित ‘साहो’ मा मन्दिरा बेदी, नील नितिन मुकेश, ज्याकी श्राफ, चंकी पाण्डेको पनि प्रमुख भूमिका छ । हिन्दी, तमिल र तेलुगू भाषामा पनि यो फिल्म रिलिज हुनेछ । यस फिल्मको बक्सअफिसमा ‘मिशन मंगल’ र ‘बाटला हाउस’ सँँग भिडन्त हुनेछ । तीनै फिल्म अलग-अलग कन्टेन्टमा बेस्ड छन् ।