Thursday, September 24, 2026
Home मनोरन्जन राति १२ बजे आयो आमाको शुभकामना

राति १२ बजे आयो आमाको शुभकामना

282

चैत २७,
नेपाली चलचित्रका सुपरस्टार नायक अनमोल केसी आजबाट २४ बर्षमा प्रवेश गरेका छन् । नेपाली मिति अनुसार उनको जन्मदिन चैत्र १७ गते हो । तर, तिथीअनुसार आज जन्मदिन परेको अनमोलले बताए । अनमोल बिहानै काठमाडौंका आधा दर्जन मन्दिरमा पुगेर फर्किएका छन् । उनले भने(‘बुढानिलकण्ड, भैरव, गणेश मन्दिर, भाटभटेनीको मन्दिरमा पुगँे। भगवानसँग के माग्नुभयो भन्ने प्रश्नमा उनले भन मैले आफ्नो लागि त केही पनि मागिनँ । संसारका सबै दुखी मानिसहरुले सुख पाउन् भनेर मागेँ ।’यसरी, मन्दिरमा पुग्दा के अनमोलले आफ्नो अनुहारमा माक्स लगाउँछन् त उनले ठट्यौली शैलीमा भने ‘बाहिरबाटै दर्शन गर्दा त लगाउँछु । तर, भगवानको अगाडि पुग्दा उहाँले माक्समा चिन्नुहुन्न, त्यसैले खोल्छु ।’आफूले सानो उमेरमा नै धेरै कुरा पाएको भन्दै अनमोलले आज परिवारसँग डिनर गर्ने, साथीहरुलाई भेट्ने योजना रहेको सुनाए । उनलाई सबैभन्दा पहिलो ‘विस’ आमा सुस्मिता केसीले गरेकी थिइन् । राती १२ बजे नै आमाले विस गरेको अनमोलले सुनाए । उनलाई जन्मदिनमा केटी फ्यानहरुले धेरै विस गरेका छन् ।२४ बर्षको उमेरमै पाएको सफलतालाई कसरी हेर्नुभएको छ भन्ने प्रश्नमा अनमोल भन्छन् ‘मैले पैसा त खासै कमाएको छैन । तर, जुन तरिकाले दर्शकहरुले माया दिनुभएको छ, त्यो नै मेरा लागि सबैभन्दा ठूलो महत्व राख्छ ।’अनमोल आफूले चलचित्र क्षेत्रका लागि अझै धेरै गर्नै बाँकी रहेको बताउँछन् । उनले भने(‘मैले ५ वटा चलचित्रमा अभिनय गरेँ । अझ, धेरै गर्न बाँकी छ । सबैको प्रतिक्रियालाई लिएर अगाडि बढ्ने प्रयास गर्छु ।’