Friday, November 13, 2026
Home राजनीति स्रोत नखुलेको सम्पत्तिलाई वैधता दिनु अपराध

स्रोत नखुलेको सम्पत्तिलाई वैधता दिनु अपराध

37

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले स्रोत नखुलेको सम्पत्ति वैध बनाउन ऐन संशोधन गर्नु आपत्तिजनक भएको बताएका छन्। बुधबार बिहान सामाजिक सञ्जालमा अध्यक्ष थापाले अवैध सम्पत्तिलाई वैध बनाउन सरकारले ऐन संशोधन गर्न लागेको भन्दै विरोध जनाएका हुन्।

यो भ्रष्टाचार र अनियमिततालाई वैधता दिने षडयन्त्र भएको बताएका छन्। केही कर तिरेको भरमा भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्ति दिनु अपराध भएको उनको भनाइ छ। देश अहिले भ्रष्टाचारको महारोगबाट अक्रान्त छ।यसैबिच स्रोत नखुलेको सम्पत्ति वैध बनाउन सरकारले ऐन संशोधन गर्न खोज्नु भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिने षड्यन्त्र हो। केही कर तिरेको भरमा भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्ति दिनु अपराध हो। यस्तो कार्य हुन नदिन सम्बद्ध सबैमा आग्रह गर्दछु ।