Sunday, September 27, 2026
Home राजनीति कांग्रेस द्धारा सर्लाही घटनाबारे उपसमिति गठन गर्ने संसदीय समितिको प्रस्ताव अस्वीकार

कांग्रेस द्धारा सर्लाही घटनाबारे उपसमिति गठन गर्ने संसदीय समितिको प्रस्ताव अस्वीकार

211
फाइल तस्वीर

असार २५,
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्लाही घटनाबारे उपसमिति गठन गर्ने संसदीय समितिको प्रस्ताव अस्वीकार गरेको छ । बुधबार संसदको कानून, न्याय तथा मानव अधिकार समितिमा अनौपचारिक छलफलमा समिति सभापति कृष्ण भक्त पोख्रेलले ‘सर्लाहीमा भएको भनिएको दोहोरो भिडन्तमा विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु तथा प्रहरीसँग भएको झडपमा सरोजनारायण यादवको मृत्युका सन्दर्भमा उपसमिति गठन गर्ने प्रस्ताव गरेका हुन् । तर, कांग्रेसका सांसदहरुले त्यसलाई अस्वीकार गरेका छन् ।

कांग्रेसले ‘सदनभित्रै संसदीय समिति नै गठन गर्नु पर्ने माग राखेको छ ।