Wednesday, October 7, 2026
Home राजनीति गठबन्धन टुट्यो, माओवादी र राप्रपाका नेता बालकोटमा

गठबन्धन टुट्यो, माओवादी र राप्रपाका नेता बालकोटमा

38

काठमाडौं । आइतबार बालुवाटारमा बसेको बैठकपछि सत्तारुढ गठबन्धन टुटेको छ । बालुवाटार जारी बैठक छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै घर खुमलटार फर्किएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका छन्। उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा राजनीतिक छलफलका लागि पुगेका हुन्। माओवादीका महासचिव देव गुरुङसहितका नेताहरु भने ओली निवास बालकोटमा छन् ।