सिराहाको धनगढीमाईमा सिभिल बैंकको नयाँ शाखा

252

असार २४,
काठमाडौं । सिराहाको धनगढीमाईमा सिभिल बैंकको शाखा संचालनमा आएको छ । शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाका मेयर हरि नारायण चौधरीले गरेका हुन् । धनगढीमाई शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ९० पुगेकोे पनि बैंकले जनाकारि गराएको छ ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।