Saturday, October 3, 2026
Home खेलकुद सागरले ५ विकेट लिँदा हङकङले दियो नेपाललाई ९६ रनको लक्ष्य

सागरले ५ विकेट लिँदा हङकङले दियो नेपाललाई ९६ रनको लक्ष्य

79

असार २४,
काठामाडौं । एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जित्न नेपाललाई हङकङले ९६ रनको लक्ष्य दिएको छ। मलेसियाको किनरारा ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ४३.१ ओभरमा ९५ रनमै अलआउट भयो। हङकङको इनिङ ध्वस्त पार्न नेपालका सागर ढकालले घातक बलिङ गरे। उनले ५ विकेट हात पारे। किफायती बलिङ गरेका उनले १० ओभरमा १८ रन खर्चिए। सागरले ५ ओभर मेडन राखेका थिए।

यस्तै कमलसिंह ऐरीले ३ विकेट हात पारे। कमलले ८ ओभरमा २ मेडन राख्दा २३ रन दिए। कुशल मल्ल र तिलकराज भण्डारीले १-१ विकेट लिए। कुशलले ८.१ ओभरमा ५ मेडन राख्दा ४ रन मात्र खर्चिएका थिए। हङकङका लागि अदित गोरावाराले सबैभन्दा बढी २४ रन बटुले। उनले ७१ बल खेल्दा ४ चौका प्रहार गरेका थिए। कुल्हान मार्क काल्लुले ३८ बल खेलेर २ चौका र १ छक्काको मद्दतमा १९ रनको योगदान दिए। रौनक कपुर १२ रन बनाउदा अन्य ब्याट्सम्यान दोहोरो अंक जोड्न नपाई आउट भए।