Monday, September 21, 2026
Home खेलकुद ओमानविरुद्ध नेपालले सुरूमा ब्याटिङ गर्ने

ओमानविरुद्ध नेपालले सुरूमा ब्याटिङ गर्ने

71

काठमाडौं : टी-२० विश्वकप छनोट अन्तर्गत आज नेपालले ब्याटिङ रोजेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उपाधिका लागि ओमानसँग हुने प्रतिस्पर्धामा ब्याटिङ रोजेको हो। नेपालले बलियो टोली युएईमाथि ८ विकेटको सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो। नेपाललाई समूह चरणको अन्तिम खेलमा बेहोरेको हारको बदला लिँदै उपाधि जित्ने दाउमा छ। समूह चरणको खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो।

नेपाल र ‌ओमानबीच ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ। नेपालले पछिल्ला तीन खेलमा जित निकाल्दा २ मा हार बेहोरेको छ। नेपालले गत वर्ष भएको विश्वकप छनोटका दुवै खेलमा ओमानलाई हराएको थियो।२०२२ को फेब्रुअरीमा भएका खेलमा नेपाल ९ विकेट र ३९ रनले विजयी भएको थियो। त्यसअघि २०२२ कै फेब्रुअरीमै भएको ट्वेन्टी–ट्वेन्टी सिरिजमा पनि नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो। नेपाल र ओमानबीच पहिलो ट्वेन्टी–ट्वेन्टी २०१९ को अक्टोबरमा भएको थियो। ओमानमा भएको खेलमा नेपालमाथि ओमानले ६ विकेटको जित निकालेको थियो। यसैबीच, नेपाल क्रिकेट संघ क्यानले आज हुने फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ।