Thursday, September 24, 2026
Home मनोरन्जन ’हजार जुनीसम्म’मा आर्यन सिग्देलसँग दिपाश्रीको ‘आइटम नृत्य’

’हजार जुनीसम्म’मा आर्यन सिग्देलसँग दिपाश्रीको ‘आइटम नृत्य’

488

असार २२,
काठमाडौं । आउँदो भाद्र ६ गतेलाई ‘रिलिज डेट’ तय गरेको फिल्म ’हजार जुनीसम्म’को एक गीतमा दीपाश्री निरौलासँगै आर्यन सिग्देललाई देख्न भएका छन्। आर्यन र दीपाको नृत्य रहेको गीतको केहि तस्वीर सार्वजनिक भएको छ। जसमा यी दुई नृत्य गरिरहेको देख्न सकिन्छ। साथमा शिवहरी पौडेल पनि छन्। तीन फिल्म ब्याक टू ब्याक ब्लकबस्टर दिएकी निर्देशक दिपाश्रीलाई दर्शकले आइटम नृत्य गर्दै गरेको देख्ने भएका छन्। गीतमा दीपाले ‘भट्टीको साहुनी’को रूपमा आइटम नृत्य गरेकी छिन्। यो गीतमा उनको नाम ‘शर्मिला’ राखिएको छ। गीतमा नायिका स्वस्तिमा खड्का, नव–नायक अक्की प्रधान, कलाकार शिवहरि पौडेल, उत्तम केसी लगायतलाई यो भिडियोमा देख्न सकिनेछ।

कविराज गहतराजले कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन्। ‘आज नगद भोली उधारो’बोलको गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत, प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर छ। नाई नभन्नु ल सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन्। फिल्ममा संचिता लुइँटेल, अनुभव रेग्मी लगायतको पनि अभिनय रहेको छ। यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, वसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ। कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन्।