मोडलः वाह ! प्रियाशा तस्विरमा हेरौं

236

असार २२,
काठमाडौं । धनगढीकी प्रियाशा शर्मा यसै वर्ष सम्पन्न एईई प्रिन्सेसकी विजेता हुन् । उनले १३ जना प्रतिस्पर्धिलाई पछि पार्दै उपाधिसहित मिस मल्टि ट्यालेन्ट तथा ब्यूटि विद द पपर्सको उपाधि जितेकी थिइन् । अघिल्लो साता सार्वजनिक भएको एईई परिक्षामा ए प्लस ग्रेड ल्याएर उत्तिर्ण भएकी प्रियाशा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आउने तयारी गर्दैछिन् । गीत, संगीत तथा खेलकुदमा रुची राख्ने प्रियाशा भविष्यमा चिकित्सक बन्न चाहान्छिन् । अध्ययन पुरा भएपछि मिस नेपालमा भाग लिने उनको भित्री योजना छ ।

ब्याटमिन्टन खेलकी राष्ट्रिय खेलाडीको रुपमा प्रियाशाले काठमाडौंसहित देशका विभिन्न ठाउँमा आयोजित राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिताहरुमा सहभागिता जनाएर सफलता हासिल गरिसकेकी छिन् । मोडलिङमा समेत रुची राख्ने प्रियाशाले जीवनकै पहिलो मोडलिङ प्रतियोगिताले व्यक्तित्व विकास गर्न सहयोग पुर्‍याएको धारणा व्यक्त गर्छिन् । पाँच फिट चार ईन्च अग्ली प्रियाशालाई क्याजुअल वेयर लगाउन मनपर्छ । प्रियाशा फुर्सदमा अध्ययन गर्नुका साथै कविता लेखनमा रुची राख्छिन् ।
–कृृष्ण भट्टराई
तस्बिर: महेश प्रधान
लोकेशन: धनगढी बजार, धनगढी -saptahik