पर्यटकहरूले पार्कमा भएका कमलको फूल चोरन थालेपछि…

322

एजेन्सी, असार १९,
काठमाडौं । चीनको सिचुआन प्रान्तमा रहेको इको पार्कमा पर्यटकहरूले कमलको फूल चोरेपछि अधिकारीहरूले पार्क नै बन्द गरिदिएका छन् । अधिकारीहरूका अनुसार, दिनदिनै २०० देखि ३०० पर्यटकले पार्कको जाली फुटाएर फूल चोर्ने गरेका छन् । यसले गर्दा पार्कको सुन्दरता नष्ट भएको छ । त्यसैले वर्षभरिका लागि पार्क बन्द गरिएको छ । कुल ६२ एकड क्षेत्रमा फैलिएको पार्कमा मे महिनादेखि कमल फुल्न थाल्छन् अनि संसारभरिबाट पर्यटक पुग्ने गर्छन् ।

पार्कका कर्मचारी झोउले पार्कको गेट र बगैंचामा फूल नचुँड्न नोटिसबोर्ड राखिएको र रेखदेखका लागि गार्ड पनि नियुक्त गरिएको तर पर्यटकहरूलाई पूर्णतया नियन्त्रित गर्न नसकिएको बताए । फूल चुँडेर लैजाने मानिसहरूलाई कडा सजाय दिनुपर्ने माग स्थानीयहरूले राखेका छन् ।