किन निर्वस्त्र रुखमा झुण्डिएका हुन्छन् युवतीहरु

195

थाइल्याण्डको हिमाफन जंगल अहिलेको आधुनिक युगमा पनि रहस्यको रुपमा रहेको छ । यसको पछाडि निकै अनौठो कारण छ । जसको बारेमा थाहा पाउनुभयो भने तपार्इं सायद डराउनुहुनेछ । यो जंगलमा एउटा यस्तो रुख छ जहाँ निर्वस्त्र युवतीहरु झुण्डिरहेका हुन्छन् । त्यसरी झुण्डिएका केटीहरुको कपाल रुखका हाँगामा बाँधिएको हुन्छ । यदि कोही मानिस जंगलभित्र गयो भने त्यो भयानक दृश्य देख्दा डराएर पसिना छुट्दछ ।

वास्तवमा हिमाफन जंगलमा रुखमा झुण्डिएका निर्वस्त्र युवतीहरु एक विचित्र प्रकारका चिज हुन् । ती वास्तविक मानिस नभएर अरु नै चिज हुन् । नेरिफन नामक रुखमा वास्तवमा त्यस्तो निर्वस्त्र युवतीको स्वरुपमा फल फल्ने गरेका हुन् ।यसको रंग हरियो हुन्छ । यो रहस्यमय रुखका बारेमा थाइल्याण्डमा केही मान्यता रहिआएको छ । धार्मिक मान्यता अनुसार भगवान गौतम बुद्ध स्वयंमले जंगलमा यो रुख रोपेका हुन् । जब मानिसहरु बुद्धले देखाएको बाटो हिड्न छाड्छन् तब उक्त प्रजातिको रुख नष्ट हुन थाल्दछ भन्ने मान्यता छ ।
बौद्ध धर्मका अनुसार यस्तो विनाशको दिन आउन अझै पनि हजारौँ वर्ष बाँकी छ । भगवान बुद्धको निर्वाणको ५ हजार वर्षपछि त्यो प्रलयको दिन आउनेछ । नेरिफनको रुखमा फल्ने त्यो निर्वस्त्र युवतीको स्वरुपको फल केवल ७ दिनसम्म मात्र रहन्छ । केही फल मानिसहरुले फोड्दछन् त केही आफै पाकेर झर्दछन् ।