एजेन्सी, असार १७,
काठमाडौं । वेल्सको स्कोखोल्म टापुमा सीगल नामक चराले सानो खरायोको टाउको आफ्नो चुच्चोले समातेर सिंगै खाइदिएको छ । आइरिन मेन्डेज क्रुजले यो स्तब्ध बनाउने घटनाको भिडियो खिचेकी छन् । उनी जल तथा प्राकृतिक इतिहास फोटोग्राफर हुन् । उनलाई टापुका वार्डेनहरूले सीगलहरूको शिकारी प्रवृत्तिका बारेमा बताएका थिए ।
क्रुजको भिडियोमा सानो खरायोले घाँस खाइरहेको देखिन्छ । अचानक त्यहाँ सीगल चरा आइपुग्छ । सीगलले झ्याप्पै खरायोलाई समात्छ र आफ्नो चुच्चोले त्यसलाई हल्लाउँछ । त्यसपछि खरायोलाई जमीनमा लडाएर उसले त्यसको टाउकोलाई चुच्चोले समात्छ अनि बेस्सरी हल्लाएर मार्छ । सीगलले खरायोलाई फेरि झार्छ र तेस्रोपटक टिप्छ, हल्लाउँछ र घाँटीभित्र हुल्छ । अनि चराले घाँटी हल्लाएर खरायो निल्छ ।
भिडियो