असार १६,
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भुटान प्रस्थान गरेका छन्। भुटान टेनिस फेडेरेसनले थिम्पुमा आयोजना गरेको ५ औं भारत–भुटान मैत्री टेनिस प्रतियोगितामा सहभागि हुन त्यसतर्फ सोमबार बिहना त्यसतर्फ गएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। जुलाई २ देखि ७ सम्म हुने प्रतियोगितामा भारतका विभिन्न राज्य, भुटान, नेपाल र बंगलादेशका खेलाडीको पनि सहभागिता रहने छ।













