एसईईको नतिजा : सरकारी लगानी बालुवामा पानी

170
फाइल तस्विर

रिता बोलखे, असार १३,
काठमाडौं । राष्ट्रिय परिक्षा वोर्डले गत वर्ष लिएको कक्षा १०को परिक्षाको परिक्षाफल विहिवार प्रकाशित गरेको छ । परिक्षाको नतिजा हेर्दा समुदायकले भन्दा संस्थागत विद्यालयका विद्यार्थीले नतिजा राम्रो ल्याएका छन् । सरकार आर्थिक वर्ष ७४र ७५मा १ खर्व २६ अर्व मध्य केन्द्रिय तहमा ६६ अर्व १२ करोड र स्थानीय तहमा ६० अर्व ६६ करोड ६४ लाख रुपैया विनियोजन गरेको थियो । यो रकम मध्य शिक्षक तलव, विद्यालयको पूर्वधार सुधार, खाजा खर्च कार्यक्रम लगाएत विभिन्न शिर्षकमा खर्च हुने गरेको छ ।

राज्यले खरवौं रुपैया शिक्षामा लगानी गरेपनि समुदायक विद्यालयले एसइईमा सोचेको जस्तो नतिजा ल्याउन सकेको छैन । शिक्षा मन्त्रालएका सचिव खगराज वरालले सरकारको लगानी अनुसारको प्रतिफल समुलायक द्यिालयले प्राप्त गर्न नसकेको वताए । एसइर्ईको परिक्षाफल सार्वजनीक कार्यक्रममा सहभागी हुन भक्तपुरको सानोठिमी परिक्षा वोर्डको कार्यलय पुगेका वरालले सञ्चारकर्मिको जिज्ञासालाई सम्वोधन गर्दै भने हामीले जति चाहेका थियौं त्यो अनुरुपको नतिजा समुदायक विद्यालयले ल्याउन सकेनन् ।

विसं २०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५९हजार २७५ परीक्षार्थी सहभागि भएका थिए । जसमा छात्रातर्फ दुई लाख २९ हजार १सय ३४ र छात्रतर्फ दुई लाख ३० हजार १ सय ४१ परीक्षार्थी थिए

वोर्डको नतिजा अनुसा जिपिए ३.६० देखि ४ सम्म ल्याउनेमा समुदायक तर्फ २ हजार ७ सय ९२ जनाले ल्याए भने सस्थागत तर्फ १४ हजार ७ सय ८८ जनाले ल्याएका छन् । त्यसै गरि र जिपिए ३.२ देखि ३.६ सम्म ल्याउनेमा समुदायक तर्फ ११ हजार २ सय २३ जनाले ल्याए भने सस्थागत तर्फ ३९ हजार ९ सय १४ जनाले ल्याएका छन् ।

साथै जिपिए २.८ देखि ३.२ सम्म ल्याउनेमा समुदायक तर्फ २६ हजार ३ सय ६६ जनाले ल्याए भने सस्थागत तर्फ ३७ हजार ३ सय ७५ जनाले ल्याएका छन् भने २.४ देखि २.८ सम्म ल्याउनेमा ५३ हजार ७ सय ३० जना समुदायक दिद्यालयका विद्यार्थि रहेका छन् भने संस्थागत तर्फ २२ हजार ८ सय ३४ जना रहेकका छन् । साथै अन्य वाँकी जिपिएमा पनि सस्थागत विद्यालयका विद्यार्थीको संख्या नै धेरै देखिन्छ ।  वोर्डको नतिजा अनुसार हामीले चार श्रेणीलाई विश्लेषण गर्दा समुदायकहरुको नतिजा निकै कमजोर देखिन्छ । तर यहि प्राप्त अङ्कलाई समुदायक र संस्थागत विद्यालयले प्राप्त श्रेणी हेर्दा संस्थाथगत तर्फका विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् ।

एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् परिक्षाफल