Saturday, October 10, 2026
Home अपराध भुरा माछाहरू पक्राउ पर्दा ठूला माछा कुन नदीमा पौडी खेलिरहेका छन्

भुरा माछाहरू पक्राउ पर्दा ठूला माछा कुन नदीमा पौडी खेलिरहेका छन्

210

साउन ३०,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद मीना सुब्बाले सुन तस्करीमा साना माछा मात्रै पक्राउ गरेको र ठूला माछा भनिएकाहरू खुल्लम खुला भएकोमा सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले प्रश्न गरिन्, सुन तस्करीका भुरा माछाहरू पक्राउ पर्दा ठूला माछा कुन नदीमा पौडी खेलिरहेका छन् ? उनले शपथको सुरुमा मन्त्रीहरूको काम राम्रो भएपनि अहिले सुस्त भएको बताइन्। उनले त्यसो किन भएको हो भनेर प्रश्न गरेकी थिइन्। मन्त्रीहरूको लोकप्रियतालाई लिएर सुरुमा जनतामा आश जागेको तर पछिल्लो समय उनीहरूको कामका कारण जनतामा निराशा छाएको बताइन्। उनले गृहमन्त्री रामबहादुर थापा, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित लगायतको सुरुवाती लोकप्रियता राम्रो भएपनि पछिल्लो समय उनीहरूको लोकप्रियता खस्किएको बताइन्। उनको प्रश्न थियो, ुअहिले के कारणले सुस्ताएका छन् ?त्यस्तै, सिन्डिकेट पक्षधर यातायात व्यवसायी, वैदेशिक रोजगारीको ठगीमा हुने अप्रेसन र ठेक्का लिएर असारमा लतरपतर मात्रै काम गर्ने ठेकेदारहरूलाई किन ज्वाँइ राजालाई पालेझैँ पालेको ह।े ? भनेर सुब्बाले प्रश्न गरेकी थिइन्।