टाइगरसँग दिशाको ब्रेकअप!

255

एजेन्सी, असार १०,
काठमाडौँ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका टाइगर श्राफ र दिशा पाटनीको ब्रेकअप भएको छ । हालै उनीहरुको ब्रेकअप भएका खबर बलिउडमा छाएको छ । उनीहरु तीन वर्ष देखि प्रेम सम्बन्धमा थिए । उद्पी उनीहरुले मिडियामा प्रेम सम्बन्ध बारेमा खुलेर कुरा राखेका थिएनन् । भारतिय मिडियाका अनुसार टाइगर र दिशाको सम्बन्धमा लामो समय देखि खटपट आएको थियो ।

त्यसैले उनीहरुले सहमतीमै ब्रेकअप दिएका हुन् । केहि समय अगाडी देखि शिव सेना नेता आदित्य ठाकरे र दिशा पाटनीको निकटता बढेको थियो । ब्रेकअपको मुख्य कारण आदित्य ठाकरेलाई पनि लिइएको छ । तर यसबारे दिशा र टाइगरले केहि जबाफ दिएका छैनन् । टाइगर र दिशाले हालै सँगै डिनर पनि गरेका थिए । उनीहरुले आफ्नो मित्रतालाई कायम राख्ने प्रतिबद्धता गरेका छन् । उनीहरुले बाघी २ मा सँगै काम गरेका थिए ।